भारी वर्षापछि काठमाडौं प्रवेश र निर्गमनमा रोक

User Image Prime TV News एक दिन अगाडि
Image of भारी वर्षापछि काठमाडौं प्रवेश र निर्गमनमा रोक

काठमाडौ । लगातार परेको भारी वर्षाका कारण बिपी राजमार्ग हुँदै काठमाडौं आउँदै र जान लागेका सवारी साधनहरूलाई विभिन्न स्थानहरूमा अस्थायी रूपमा रोकिएको छ।

सडकमा पहिरोको सम्भावना र चिप्लोपनको जोखिम उच्च भएपछि सुरक्षाकर्मीहरूले सवारी साधनलाई सुरक्षित स्थानहरूमा रोक्ने निर्णय गरेका हुन्।

काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीलाई काभ्रेभञ्ज्याङमा, भने बिपी राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने सवारीलाई मंगलटारमा रोकिने व्यवस्था गरिएको छ।

सवारी रोकिएको मुख्य कारण भकुण्डेबेसी, धुलिखेल, र बनेपामा परेको लगातारको भारी वर्षा हो, जसले गर्दा सडकमा दुर्घटनाको जोखिम बढेको छ।

यातायात व्यवस्था तथा भौतिक पूर्वाधार मन्त्रालयका अनुसार, पानी पर्न रोकिएपछि सडकको अवस्था मूल्यांकन गरिनेछ र त्यसपछि मात्रै सवारी सञ्चालनलाई पुनः सुरु गर्ने निर्णय गरिनेछ।