जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचार र मासिक भत्ता

User Image Prime TV News १ हप्ता अगाडि
Image of जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचार र मासिक भत्ता

काठमाडौ । सरकारले जेनजी आन्दोलनका घाइतेहरूलाई निःशुल्क उपचार र मासिक भत्ता दिने घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिएका हुन्। उनका अनुसार घाइतेहरूको अवस्थाअनुसार निःशुल्क स्वास्थ्य उपचार उपलब्ध गराइनेछ। साथै उनीहरूलाई मासिक भत्ता पनि दिइनेछ।

सरकारले जेनजी आन्दोलनका घाइतेका लागि उद्यमशीलता विकासका कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ। सरकारका अनुसार घाइतेहरूको पुनःस्थापना र आत्मनिर्भर बनाउन यी कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ।