मलेसियाले दोस्रो खेलमा नेपाललाई ९२ रनको लक्ष्य दियो

User Image Prime TV News ११ महिना अगाडि
Image of मलेसियाले दोस्रो खेलमा नेपाललाई ९२ रनको लक्ष्य दियो

काठमाडौ । मलेसियामा जारी अन्तर्राष्ट्रिय महिला टी२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा घरेलु टोली मलेसियाले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ।

बायुमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनायो। घरेलु टोलीका लागि ओपनर आइना हमिजाले उत्कृष्ट ब्याटिङ गर्दै अविजित अर्धशतक पूरा गरिन्। उनले ६३ बलमा ५० रनको संयमित पारी खेलिन्।

नेपालका बलरहरू आवश्यक ब्रेकथ्रुहरू दिलाउन संघर्ष गरे। तर पनि मलेसियालाई सानो स्कोरमै सीमित राख्न सफल भए।

यसअघिको पहिलो खेलमा पनि दुवै टिमबीच रोमाञ्चक प्रतिस्पर्धा देखिएको थियो। १०५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १०१ रनमै सीमित हुँदा मलेसिया ३ रनको जित निकाल्न सफल भएको थियो।

शृङ्खला पाँच खेलको तय भएको छ, जसमा अहिले मलेसिया १० को अग्रता लिएको छ। दोस्रो खेल नेपालको लागि बराबरी गर्ने मौका हो भने मलेसिया जित हात पार्दै अग्रता दोब्बर बनाउन चाहन्छ।