सुनको सिक्री लुटेको आरोपमा जडिबुटीमा प्रहरीले गोली चलायो, एक पक्राउ

User Image Prime TV News एक महिना अगाडि
Image of सुनको सिक्री लुटेको आरोपमा जडिबुटीमा प्रहरीले गोली चलायो, एक पक्राउ

काठमाडौ । काठमाडौको जडिबुटी क्षेत्रमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौका अनुसार पक्राउ पर्ने व्यक्ति गणेश कार्की हुन्। उनी काठमाडौंको चपली क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शनिबार दिउँसो जडिबुटीस्थित एक चप्पल कारखानामा महिलाको सुनको सिक्री लुटिएको थियो। घटनापछि फरार भएका कार्कीलाई पक्राउ गर्न खोज्दा प्रहरीले गोली चलाएको बताइएको छ।

गोली लागेर घाइते भएका कार्कीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।