आईपीएलको उपाधिका लागि आज आरसीबी र गुजरात आमनेसामने हुँदै

User Image Prime TV News ४ दिन अगाडि
Image of आईपीएलको उपाधिका लागि आज आरसीबी र गुजरात आमनेसामने हुँदै

काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनलमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्स (जिटी) बीच प्रतिस्पर्धा हुँदैछ।

खेल नेपाली समयअनुसार आइतबार साँझ ७:४५ बजे सुरु हुनेछ। फाइनल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टुडियममा आयोजना हुँदैछ।

गुजरात टाइटन्स दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई सात विकेटले हराउँदै फाइनल पुगेको हो। यसअघि पहिलो क्वालिफायरमा गुजरात पराजित भएको थियो।

यता, आरसीबी समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगेको टोली हो।

साविक विजेता आरसीबी लगातार दोस्रो पटक आईपीएल उपाधि जित्ने लक्ष्यमा छ। भने गुजरात टाइटन्स पहिलो क्वालिफायरको हारको बदला लिँदै च्याम्पियन बन्ने योजनामा रहेको छ।