बजेटबारे आज पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अर्थ मन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे आज पत्रकार सम्मेलन गर्ने भएका छन्।
सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा दिउँसो सञ्चारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम राखिएको अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले जानकारी दिएका छन्।
अर्थमन्त्री वाग्लेले शुक्रबार २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए। बजेटमा चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ५९.८ प्रतिशत हो।
यस्तै, पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ अर्थात् २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत बजेट छुट्याइएको छ।







