नेपाल मलेसियामाथि ६ विकेटले विजयी, शृङ्खलामा १-१ को बराबरी

User Image Prime TV News एक दिन अगाडि
Image of नेपाल मलेसियामाथि ६ विकेटले विजयी, शृङ्खलामा १-१ को बराबरी

काठमाडौ । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित हात पारेको छ। यो जितसँगै पाँच खेलको शृङ्खलामा नेपालले १-१ को बराबरी हासिल गरेको छ।

मलेसियाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ९१ रन बनाउँदा, नेपालले १६.२ ओभरमा ९३ रन बनाउँदै लक्ष्य पुरा गरेको हो।

नेपालको जितमा पूजा महतोको महत्वपूर्ण योगदान रह्यो। उनले ३९ बलको सामना गर्दै ३९ रन जोडे। कप्तान इन्दु बर्माले पनि २१ बलमा २७ रन बनाउँदै टीमलाई विजयी बनाउन महत्त्वपूर्ण भूमिका खेले।

मलेसियाको बायुमास ओभलमा खेलेको यो संघर्षपूर्ण खेलमा, मलेसियाका लागि ओपनर आइना हमिजाले ६३ बलको सामना गर्दै ५० रन बनाउँदा एक अविजित अर्शतक प्रस्तुत गरिन्।

नेपालको बलिङ अटैक पनि प्रभावशाली रह्यो, जहाँ समु विष्टले दुई विकेट हात पारिन भने कविता कुँवरले एक विकेट लिइन्।

यो जितसँगै नेपालले शृङ्खलामा उत्साहजनक प्रवेश गरेको छ र आगामी खेलमा थप चुनौतीपूर्ण प्रदर्शनको अपेक्षा गरिएको छ। नेपाल अब अर्को खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दै शृङ्खलामा अग्रता लिन चाहन्छ।