प्रधानमन्त्री संसदमा उपस्थित हुँदा हर्क साम्पाङ अनुपस्थित
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाह आज संसद बैठकमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका छन्।
सोही बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भने अनुपस्थित रहेका छन्। उनी लामो समयदेखि प्रधानमन्त्रीले संसदमा आएर प्रत्यक्ष जवाफ दिनुपर्ने माग गर्दै संसदभित्र विरोध र बहिष्कारमा संलग्न रहँदै आएका छन्।
आजको अनुपस्थितिलाई लिएर पार्टीभित्रको रणनीति वा संयोग भन्ने विषयमा स्पष्ट धारणा सार्वजनिक भएको छैन। सो पार्टीका अन्य सांसदहरू पनि बैठकमा देखिएनन्। तर श्रम संस्कृति पार्टीका सांसद आरेन राईले भने बैठकमा प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए।
संसदभित्र जारी राजनीतिक असहमति र बहिष्कारका घटनाहरूबीच आजको बैठकलाई महत्वका साथ हेरिएको छ।







