लिपुलेक–लिम्पियाधुरा विवादबारे कूटनीतिक नोट पठाइएको प्रधानमन्त्रीको दाबी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक–लिम्पियाधुरा क्षेत्रमा भारत र चीनले निर्माण गरेको भनिएको व्यापारिक मार्गबारे नेपाल सरकारले दुवै देशलाई कूटनीतिक नोट पठाएको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा एमाले सांसद पद्मा अर्यालले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले उक्त जानकारी दिएका हुन्। उनका अनुसार कूटनीतिक नोट पठाइसकिएको छ र त्यसको जवाफ पनि प्राप्त भइसकेको छ।
प्रधानमन्त्री शाहले सीमा विवाद समाधानका लागि दुवै देशका इतिहासविद् तथा कूटनीतिज्ञहरूलाई सहभागी गराएर छलफल अघि बढाउने तयारी रहेको बताए। त्यसैगरी, उनले यस विषयमा पनि कूटनीतिक तहमा चासो राखिएको उल्लेख गरे। ‘लिपुलेख र लिम्पियाधुरामा भारत र चीनले बनाएको व्यापारी मार्गको बारेमा डिप्लोमेटिक नोट पठाएको छ । जवाफ पनि आएको छ ।’
नेपालले लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई आफ्नो सार्वभौमिक भूभाग दाबी गर्दै आएको सन्दर्भमा संसदमा उठेको यो विषय फेरि राजनीतिक तथा कूटनीतिक रूपमा महत्त्वपूर्ण बनेको छ। यो विषयमा इग्ल्याण्ड सरकारसँग पनि सरकारले चासो राखेको प्रधानमन्त्री शाहले बताए ।







