सरकारले सबै आन्दोलनका प्रतिवेदन एकैपटक अध्ययन गर्छः प्रधानमन्त्री
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले विगतमा भएका विभिन्न आन्दोलनका सबै प्रतिवेदनहरू एकैपटक अध्ययन गर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। कांग्रेस सांसद अर्जुननरसिंह केसी ले जेनजी आन्दोलनसँग सम्बन्धित प्रतिवेदनबारे प्रश्न सोधेका थिए। जवाफमा प्रधानमन्त्री शाहले अहिलेसम्म सरकारलाई बुझाइएका सबै प्रतिवेदनहरू एकै ठाउँमा राखेर अध्ययन गर्ने बताए।
त्यसपछि के–कस्तो काम गर्नुपर्छ भन्ने निर्णय पनि सोही आधारमा गरिने उनले बताए। उनले मानव अधिकार आयोगलगायत विभिन्न निकायले विभिन्न आन्दोलन, प्रदर्शन र घटनाबारे बनाएका प्रतिवेदनहरू पनि अध्ययनमा समावेश गरिने जानकारी दिए।
सरकारले विगतका घटनाबाट सिकेर भविष्यमा नीति सुधार गर्ने उद्देश्यले यस्तो तयारी गरेको बताइएको छ।







