खोलाछेउका बस्ती हटाएर सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छः प्रधानमन्त्री

User Image Prime TV News ४ दिन अगाडि
Image of खोलाछेउका बस्ती हटाएर सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छः प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौ उपत्यकाका खोलाछेउमा बसेका सुकुमबासीलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो जानकारी दिएका हुन्। प्रधानमन्त्री शाहका अनुसार जोखिमपूर्ण स्थानमा बसिरहेका बस्ती हटाएर उनीहरूलाई अर्को सुरक्षित ठाउँमा सार्ने काम सरकारले गरिरहेको छ। यसपछि उनीहरूको लागि जग्गा व्यवस्थापन गर्ने तयारी पनि भइरहेको उनले बताए।

उनले यो कामका लागि तीन वटा मन्त्रालयले मिलेर काम गरिरहेको जानकारी दिए। प्रधानमन्त्री शाहले समस्या लामो समयदेखि समाधान नभएकाले अब चरणबद्ध रूपमा समाधान गर्न समय लाग्ने बताए। उनले सबै काम एकैचोटि सम्भव नहुने पनि स्पष्ट पारे।

सरकारले सुरक्षित बसोबास र व्यवस्थित शहर विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको छ। उनले व्यवस्थापनका लागि केही समय लाग्ने बताए । ३५ वर्षमा नभएको चिज ३५ मिनेटमा नखोज्न पनि उनले सांसदहरूलाई आग्रह गरे ।