सभामुखले तीन सांसदलाई मर्यादा कायम गर्न सचेत गराए

User Image Prime TV News ४ दिन अगाडि
Image of सभामुखले तीन सांसदलाई मर्यादा कायम गर्न सचेत गराए

काठमाडौ । प्रतिनिधिसभा बैठकमा तीन जना सांसदलाई सभामुखले मर्यादा कायम गर्न सचेत गराएका छन्।

आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिएर सक्नेबित्तिकै एमाले सांसद ऐनबहादुर महर तथा श्रम संस्कृति पार्टीका सांसदहरू ध्रुवराज राई र आरेन राईले समय नपाए पनि उठेर अमर्यादित व्यवहार गरेको भन्दै सभामुख डोलप्रसाद अर्यालले सचेत गराएका हुन्।

सभामुखले संसदमा बोल्ने क्रममा नियम र अनुशासन पालना गर्न सबै सांसदलाई आग्रह गरेका छन्।