प्रधानमन्त्रीको जवाफपछि विपक्षीको विरोध, बैठकमा असन्तुष्टि
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूको प्रश्नको जवाफ दिएपछि विपक्षी दलहरूले विरोध जनाएका छन्।
उनीहरूले प्रधानमन्त्रीलाई नियमअनुसार आवश्यक संख्यामा प्रश्न गर्न नदिएको भन्दै आपत्ति जनाएका हुन्। सभामुख डोलप्रसाद अर्यालले हरेक दलबाट एक–एक जना सांसदलाई मात्र प्रश्न सोध्ने समय दिएका थिए। त्यसपछि प्रधानमन्त्री शाहलाई रोस्टमबाट बाहिर जान अनुमति दिइएको थियो।
जवाफ सकेपछि प्रधानमन्त्री शाह बैठक कक्षबाट बाहिरिएका थिए। त्यसपछि विपक्षी दलका सांसदहरूले प्रक्रियाबारे असन्तुष्टि जनाउँदै विरोध जारी राखेका थिए।







