धवल शमशेर राणाले राप्रपा छाडे

User Image Prime TV News ४ दिन अगाडि
Image of धवल शमशेर राणाले राप्रपा छाडे

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टी छाडेका छन्।

आइतबार विज्ञप्ति जारी गर्दै उनले अब नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माणको अभियानमा लाग्ने बताएका छन्। राणाले देश र विदेशमा रहेका नेपालीहरूबाट नयाँ राजनीतिक अभियान सुरु गर्न सुझाव र समर्थन प्राप्त भएको उल्लेख गरेका छन्।

उनले देशलाई माया गर्ने, विकास र समृद्धि चाहने तथा युवा पुस्तालाई आफ्नो नयाँ अभियानमा सहभागी हुन आह्वान पनि गरेका छन्। उनले पछिल्ला चार वर्षमा राप्रपालाई जनताको भावना अनुसार अघि बढाउने प्रयास गरे पनि पार्टीभित्रको अन्योल र विवादका कारण अपेक्षित परिणाम हासिल गर्न नसकिएको बताएका छन्।

राणाको पार्टी त्यागसँगै अब उनको आगामी राजनीतिक यात्रा कस्तो हुन्छ भन्ने चासो बढेको छ।