प्रधानमन्त्रीको भनाइ प्रति हर्क साम्पाङको आपत्ति, भने हुतिहारा...

User Image Prime TV News ४ दिन अगाडि
Image of प्रधानमन्त्रीको भनाइ प्रति हर्क साम्पाङको आपत्ति, भने हुतिहारा...

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा “नेपालले पनि भारतको सीमा मिचेको” भन्ने आशयको भनाइ दिएका थिए। उक्त अभिव्यक्तिपछि साम्पाङले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको आलोचना गरेका हुन्।

उनले प्रधानमन्त्रीको भनाइप्रति असन्तुष्टि व्यक्त गर्दै कडा टिप्पणी गरेका छन्। साम्पाङले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालबाट भनेका छन्, ‘प्र.म.ले त नेपालले भारतको भूमि मिचेको रैछ भनेको ! हुतिहारा...।’ प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर संसदभित्र र बाहिर बहस सुरु भएको छ। विपक्षी दलहरूले पनि उक्त भनाइबारे स्पष्टता मागिरहेका छन्।