रवि लामिछाने भारत भ्रमणमा जाँदै, उच्चस्तरीय भेटवार्ता हुने
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोलि जेठ १८ गते तीन दिने भारत भ्रमणमा जाने भएका छन्।
भाजपाका अध्यक्ष नीतिन नवीन को निमन्त्रणामा उनी नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन्। भ्रमणका क्रममा लामिछानेले भारतीय राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस जयशंकर लगायतसँग भेट गर्ने तयारी छ। रास्वपाका अनुसार भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा रहनेछन्।
भ्रमण जेठ २० गते सम्पन्न गरी टोली स्वदेश फर्किने कार्यक्रम रहेको छ।







