कांग्रेसको ‘जरा अभियान’ आजदेखि मणिग्राममा सुरु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले आजदेखि रुपन्देहीको मणिग्राममा ‘जरा अभियान’ अन्तर्गत दुईदिने प्रदेशस्तरीय भेला सुरु गरेको छ।
रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको भेलामा लुम्बिनी प्रदेशका नेता, जनप्रतिनिधि तथा पार्टी कार्यकर्ताको सहभागिता रहनेछ। पार्टी सभापति गगन थापाले आज दिउँसो १२ बजे कार्यक्रम उद्घाटन गर्ने कार्यतालिका रहेको छ।
रुपन्देहीका सभापति रामकृष्ण खाणका अनुसार भेलामा केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य, जिल्ला सभापति, पालिका प्रमुख–उपप्रमुख तथा विभिन्न तहका नेता सहभागी हुनेछन्।
कार्यक्रमको व्यवस्थापन लुम्बिनी प्रदेश कार्यसमितिले गरिरहेको छ भने स्थानीय समन्वय रुपन्देही जिल्ला कार्यसमितिले गरेको छ। पार्टीले सबै जिल्लालाई प्रतिनिधिको सक्रिय सहभागिता सुनिश्चित गर्न निर्देशन दिएको जनाएको छ।







