लगातार बढिरहेको सुनको मूल्य घट्यो
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । लगातार बढिरहेको सुनको मूल्य आज केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर ३ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ।
हिजो भने सुनको मूल्य एकै दिन तोलामा २० हजार ५०० रुपैयाँले बढेको थियो। त्यसपछि सुनको भाउ ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको थियो। आज चाँदीको मूल्य भने बढेको छ। चाँदी तोलामा १० रुपैयाँले महँगिएर ५ हजार ३५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
सुनको मूल्यमा सामान्य गिरावट आए पनि बजारमा यसको भाउ अझै उच्च स्तरमै रहेको व्यवसायीहरू बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनको असर नेपाली बजारमा पनि देखिने गरेको छ। महासंघका अनुसार सुन र चाँदीको मूल्य दैनिक रूपमा अन्तर्राष्ट्रिय बजारको अवस्था, डलर विनिमय दर र मागअनुसार परिवर्तन हुने गर्छ।







