प्रधानमन्त्रीको अभिव्यक्तिको प्रमाण पेश गर्न राप्रपाको माग

User Image Prime TV News एक महिना अगाडि
Image of प्रधानमन्त्रीको अभिव्यक्तिको प्रमाण पेश गर्न राप्रपाको माग

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको प्रमाण माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले प्रधानमन्त्रीले तथ्यका आधारमा मात्र बोल्नुपर्ने भन्दै प्रमाण बिना गरिएको दाबी स्वीकार्य नहुने बताए।

शाहीले प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता भए पनि जिम्मेवार पदमा बसेका व्यक्तिले अनुमानका आधारमा बोल्न नहुने टिप्पणी गरे। उनले भने, “अनुमानको आधारमा राष्ट्र चल्दैन, भावनाको आधारमा पनि चल्दैन। नेपालले भारतको सीमा मिचेको हो भने प्रमाण पेस गर्नुपर्छ।”

उनले प्रधानमन्त्रीले तथ्य बिना दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन पनि माग गरेका छन्। शाहीले यस्तो संवेदनशील विषयलाई हल्का रूपमा नलिन आग्रह गर्दै जिम्मेवार र प्रमाणित कुरामात्र सार्वजनिक गर्नुपर्ने बताए।