एमालेले पनि माग्यो प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा

User Image Prime TV News ३ दिन अगाडि
Image of एमालेले पनि माग्यो प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा

काठमाडौ । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ। पार्टीले संसदमा दिएको उनको अभिव्यक्ति राष्ट्रहितविपरीत भएको भन्दै पदबाट हट्न आग्रह गरेको हो।

एमाले महासचिव शंकर पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको भनाइप्रति आपत्ति जनाएका छन्। उनले “नेपालले पनि भारतको भूमि मिचेको” भन्ने अभिव्यक्तिले देशको राष्ट्रिय अडान कमजोर बनाएको बताएका छन्।

विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिको भर्त्सना गर्दै त्यसको जिम्मेवारी लिनुपर्ने उल्लेख गरिएको छ। प्रधानमन्त्रीको उक्त भनाइपछि विभिन्न राजनीतिक दल र नेताहरूले आलोचना गरिरहेका छन्। संसदभित्र पनि यो विषयलाई लिएर लगातार विरोध भइरहेको छ।

एमालेले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउन र नैतिक जिम्मेवारीका आधारमा मार्गप्रशस्त गर्नुपर्ने माग गरेको छ।