संसद बैठक भोली सम्मकालागि स्थगित, विपक्षीको विरोध जारी

User Image Prime TV News ३ दिन अगाडि
Image of संसद बैठक भोली सम्मकालागि स्थगित, विपक्षीको विरोध जारी

काठमाडौ । विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधिसभा बैठक मंगलबार सम्मका लागि स्थगित भएको छ। सोमबारको बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए।

उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध गरेका हुन्। सभामुख डीपी अर्यालले बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे पनि विपक्षी सांसदहरूले विरोध जारी राखेका थिए।

अवरोध कायमै रहेपछि सभामुखले कार्यसूचीका कार्यक्रम अघि नबढाई बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिका लागि माफी माग्नुपर्ने र उक्त भनाइ फिर्ता लिनुपर्ने माग गर्दै आएका छन्।

उनीहरूले माग पूरा नभएसम्म संसद चल्न नदिने अडान लिएका छन्। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदभित्र राजनीतिक विवाद अझै जारी छ।