प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

User Image Prime TV News २ दिन अगाडि
Image of प्रतिनिधिसभा बैठक  बस्दै, बजेटमाथि छलफल हुने

काठमाडौ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८३–८४ को बजेटमाथि सामान्य छलफल सुरु हुने कार्यसूची रहेको छ ।

सभामुख डोलप्रसाद डीपी आर्यालले राष्ट्रपतिको कार्यालयबाट आएको विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनेछन् । त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

बैठकमा सांसदहरूले आगामी वर्षको आय–व्यय, कर, विकास योजना र सरकारी खर्चबारे आफ्नो धारणा राख्ने तयारी गरेका छन् । तर, आजको बैठक सहज रूपमा चल्नेमा अझै अन्योल छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमाबारे दिएको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदन अवरोध गर्ने अडान लिएका छन् । सत्ता पक्ष र विपक्षीबीच अहिलेसम्म सहमति नभएकाले आज पनि संसद् बैठक प्रभावित हुन सक्ने देखिएको छ ।