दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा

User Image Prime TV News २ दिन अगाडि
Image of दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा

काठमाडौ । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ। वि.सं. २०५८ साल जेठ १९ गते भएको उक्त घटनामा तत्कालीन राजा विरेन्द्र सहित राजपरिवारका १० सदस्यको मृत्यु भएको थियो।

घटनामा रानी अश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति लगायतको ज्यान गएको थियो। केही अन्य सदस्य घाइते भएका थिए। घटनापछि सरकारले छानबिन समिति गठन गरेको थियो।

समितिले युवराज दीपेन्द्रलाई घटनाको मुख्य दोषी ठहर गरेको थियो। तर, प्रतिवेदन सार्वजनिक भएको लामो समय बितिसक्दा पनि धेरै मानिसले त्यस निष्कर्षमाथि प्रश्न उठाउँदै आएका छन्। दरबार हत्याकाण्ड नेपालको इतिहासकै सबैभन्दा चर्चित र रहस्यमय घटनामध्ये एक मानिन्छ।

घटना भएको २५ वर्ष बित्दा पनि यसबारे चर्चा र चासो कायम रहेको छ।