रास्वपा सभापति रवि लामिछाने र भाजपा अध्यक्षबीच भेट
Prime TV News २ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज भारतको नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) मुख्यालय पुगेका छन्।
त्यहाँ उनले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका छन्। भेट ‘भाजपालाई जान्नुहोस्’ अभियान अन्तर्गत भएको बताइएको छ। सो क्रममा दुई नेताबीच पार्टी सञ्चालन, संगठनात्मक अभ्यास र लोकतान्त्रिक प्रक्रियाबारे छलफल भएको जनाइएको छ।
यस भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपाबिच पार्टीगत सम्बन्धको सुरुवात गर्नुका साथै सीमापार राजनीतिक समझदारीलाई थप मजबुत बनाउनु रहेको छ। भाजपाले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै यस्तो भेटले दुई पार्टीबीच संवाद र आपसी समझदारी बढ्ने अपेक्षा गरेको छ।
यो भेटपछि नेपाल–भारतका राजनीतिक दलबीभेटका क्रममा दुवै नेताहरूबिच दलीय संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचका विषयमा विस्तृत रूपमा विचार आदानप्रदान गर्ने अवसर मिलेको छ। भारतीय जनता पार्टीले नेपाली प्रतिनिधिमण्डललाई मुख्यालयमा न्यानो स्वागत गर्दै यो भ्रमणबाट दुई पार्टीबीच रचनात्मक संवाद स्थापित हुने अपेक्षा राखेको बताएको छ। च सम्बन्ध थप मजबुत हुने अनुमान गरिएको छ।







