ट्रम्प र नेतन्याहूबीच फोन वार्ता, तनावपूर्ण संवाद भएको दाबी

User Image Prime TV News २ दिन अगाडि
Image of ट्रम्प र नेतन्याहूबीच फोन वार्ता, तनावपूर्ण संवाद भएको दाबी

काठमाडौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इसराइलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहू बीच भएको फोन वार्ता तनावपूर्ण बनेको दाबी गरिएको छ।

अमेरिकी अनलाइन मिडिया एक्सियोसका अनुसार सोमबार भएको फोन वार्तामा ट्रम्पले लेबननमा भइरहेको इसराइली सैन्य कारबाहीबारे कडा आपत्ति जनाएका थिए। रिपोर्टअनुसार उनले नेतन्याहूलाई आक्रोशित स्वरमा प्रश्न गरेका थिए र सैन्य आक्रमणप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

समाचारमा जनाइए अनुसार ट्रम्पले इसराइलको पछिल्लो सैन्य रणनीतिबाट अन्तर्राष्ट्रिय स्तरमा देश एक्लिन सक्ने चेतावनीसमेत दिएका थिए। फोन वार्तापछि इसराइलले बेरुतमा थप आक्रमणको योजना रोकिएको दाबी पनि गरिएको छ।

यता, प्रधानमन्त्री नेतन्याहूले भने हिजबुल्लाहले आक्रमण नगरे इसराइलले आफ्नो सुरक्षा कारबाही जारी राख्ने बताएका छन्। उनले दक्षिणी लेबननमा सैन्य अभियान निरन्तर रहने पनि स्पष्ट पारेका छन्। इरानसँगको वार्ता र मध्यपूर्वको तनावका कारण अमेरिका र इसराइलबीच रणनीतिक मतभेद देखिएको चर्चा पनि भइरहेको छ।

तर यी सबै दाबीहरू विभिन्न स्रोतमा आधारित रिपोर्टहरू भएकाले आधिकारिक रूपमा पूर्ण पुष्टि भने भइसकेको छैन।