मन्त्रिपरिषद्ले गर्यो ४ वटा निर्णय
Prime TV News २ दिन अगाडि 
काठमाडौ । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट चार वटा महत्वपूर्ण निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले अन्तर्राष्ट्रिय सम्झौता, बढुवा, अध्ययन समितिको समय थप र नियुक्तिसम्बन्धी निर्णय गरेको हो।्
मन्त्रिपरिषद्का निर्णयहरू:
१. वातावरण संरक्षणसँग सम्बन्धित एक सम्झौता स्वीकृत गरिएको छ। यो सम्झौता युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्राम (UNEP) अन्तर्गत ओजन तहलाई हानी पुर्याउने पदार्थ नियन्त्रण र न्यूनीकरणका लागि रहेको मन्ट्रियल प्रोटोकल कार्यान्वयनसँग सम्बन्धित छ।
२. सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेललाई एआईजी (Additional Inspector General) पदमा बढुवा गरिएको छ।
३. २०८० साल भदौ २३ र २४ गते भएको प्रदर्शनका घटनाबारे अध्ययन गर्न बनेको समितिको समय ४५ दिन थप गरिएको छ। यो समितिले सुरक्षा संयन्त्र सुधारका लागि सिफारिस गर्नेछ।
४. भूमि समस्या समाधान समितिमा नयाँ नियुक्ति गरिएको छ। अध्यक्षमा बलभद्र बास्तोला (कास्की) र सदस्यहरूमा अमीरप्रसाद न्यौपाने (काठमाडौं), पद्मनीति सोती (लमजुङ) र डा. रोहना श्रेष्ठ (काठमाडौं) नियुक्त भएका छन्।
सरकारले यी निर्णयमार्फत प्रशासनिक, सुरक्षा र भूमि व्यवस्थापनसँग सम्बन्धित काम अघि बढाएको जनाएको छ।







