प्रधानमन्त्री ओली आज संसदमा सम्बोधन गर्ने


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ।
शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको उद्देश्य र कार्यसूचीबारे संसदलाई जानकारी गराउने छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, भ्रमण अघि संसदलाई अवगत गराउने उद्देश्यले उनले सम्बोधन गर्न लागेका हुन्।
यसअघि बालुवाटारमा पार्टी नेताहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले लिपुलेक विवादका सन्दर्भमा भारत र चीनसँग स्पष्ट संवाद गर्ने बताएका छन्। उनले यस विषयमा राष्ट्रिय सहमति जुटाएर मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कुरा गर्ने तयारी रहेको बताए ।