नेप्से २२ अंकले बढ्यो, कारोबार ५ अर्बभन्दा बढी
Prime TV News २ दिन अगाडि 
काठमाडौ । शेयर बजार परिसूचक नेप्से मंगलबार २२.२१ अंकले बढेर २,७७७.५८ अंकमा पुगेको छ। यसअघि अघिल्लो दिन नेप्से घटेको थियो, तर आज बजारमा सुधार देखिएको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ५ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। करिब १ करोड १३ लाख कित्ता शेयर किनबेच भएको छ। आज अधिकांश उपसूचकहरू बढेका छन्। फाइनान्स समूह सबैभन्दा धेरै करिब ६ प्रतिशतभन्दा बढीले बढेको छ।
आज १८४ कम्पनीको शेयर मूल्य बढ्दा ७७ कम्पनीको घटेको छ। समग्रमा बजारमा खरीद चाप बढी देखिएको छ।







