कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आह्वान

User Image Prime TV News २ दिन अगाडि
Image of कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आह्वान

काठमाडौ । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। पार्टीले जेठ २१ गतेका लागि बैठक तय गर्दै समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थित हुन आग्रह गरेको छ।

पार्टी केन्द्रीय कार्यालयका सचिव दिनेश थापा मगरले मंगलबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन्। उनका अनुसार बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। सूचनामा समितिका संयोजक तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन भनिएको छ।

बैठकमा अनुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताइएको छ । यद्यपि बैठकको विस्तृत एजेन्डा सार्वजनिक गरिएको छैन। कांग्रेसभित्र अनुशासन सम्बन्धी उजुरी, पार्टी गतिविधि र संगठनात्मक विषयमा आवश्यक निर्णय गर्न समय–समयमा अनुशासन समितिको बैठक बस्ने गरेको छ।