नेपाल-भारत सीमा विवादमा भारतको धारणा: कुनै तेस्रो पक्षको भूमिका स्वीकार्य छैन
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाल र भारतको सीमा सम्बन्धी विषयमा भारतले सीमा विषयमा कुनै तेस्रो देशको संलग्नता स्वीकार्य नहुने बताएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुनसक्ने अभिव्यक्ति प्रतिनिधिसभामा दिएका बेला भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले बताएका हुन् । उनले भने, “द्विपक्षीय सम्बन्धमा समस्या भए, त्यो केवल नेपाल र भारतबीच नै हल गर्नुपर्छ।”
उनले सीमा भाग लगभग ९८ प्रतिशत सम्म सीमांकन भइसकेको उल्लेख गरे । केही ठाउँमा अझै काम बाँकी छ भने, केही ठाउँमा सीमा अतिक्रमण भएको भए त्यसको समाधान गर्न भारत र नेपाल मिलेर नक्साङ्कन गर्ने उल्लेख गरे ।
‘सम्बन्धित सबै पक्षले स्पष्ट रूपमा बुझ्नुपर्छ कि भारत र नेपालबीचको द्विपक्षीय विषयमा कुनै तेस्रो पक्षको भूमिका हुँदैन,’ उनले आज विदेश मन्त्रालयमा भएको साप्ताहिक मिडियामा ब्रिफिङमा भने,’सीमा सम्बन्धी सबै पक्षहरू समाधान गर्न हामीले द्विपक्षीय संयन्त्रहरू स्थापना गरेका छौ ।’
उनले यसका अतिरिक्त, सीमांकन भइसकेका सीमा खण्डहरूमा सीमापार कब्जा तथा दजगजामा अतिक्रमण भएका केही घटनाहरू पनि रहेको उनले उल्लेख गरे । ‘जसको हाल दुवै पक्षले संयुक्त रूपमा नक्साङ्कन गरिरहेका छन्,’उनले भने ।
यसअघि नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा भारतसँग सीमा सम्बन्धी टिप्पणी गरेका थिए। उनले भने, “नेपालको सीमा ब्रिटिश सरकारको समयमा भएको सुगौली सन्धीसम्म जोडिएको हो। यसरी, इंग्ल्याण्डसँग पनि कुरा गर्नुपर्छ।” प्रधानमन्त्री बालेनको यो भनाइले नेपालको सीमा सम्बन्धी अडान कमजोर हुन सक्ने बताउदै आएका छन् ।
यसको विरोधमा नेपालको विपक्षी पार्टीहरू सडक र संसदमा प्रदर्शन हुन थालेको छ ।







