मोदीसँग आज भेट्दै रवि लामिछाने
Prime TV News एक दिन अगाडि 
काठमाडौ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेट गर्ने भएका छन् ।
पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले यसअघि भारतीय नेताहरूसँग उच्चस्तरीय भेटवार्ता गरिसकेका छन् । मंगलबार उनले भारतका विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाह तथा भाजपा अध्यक्ष नीतिन नवीनसँग भेट गरेका थिए ।
भेटवार्तामा नेपाल–भारत सम्बन्ध, सुरक्षा सहकार्य, लोकतान्त्रिक अभ्यास तथा दुई देशका राजनीतिक दलबीचको सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।
भारत भ्रमणका क्रममा भारतीय जनता पार्टीले लामिछानेलाई विशेष स्वागत गरेको थियो । उनलाई रेड कार्पेटसहित स्वागत गरिएको थियो ।
रवि लामिछानेसहितको टोली यही जेठ २२ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।







