आज राष्ट्रिय सभा बैठक बस्दै, बजेटमाथि छलफल सुरु हुने
Prime TV News एक दिन अगाडि 
काठमाडौ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज मध्यान्ह सवा १२ बजे बस्ने भएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथि सामान्य छलफल सुरु गरिने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको जानकारी गराउनेछन् ।
त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।
बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ । उक्त विधेयक प्रतिनिधि सभाबाट सन्देशसहित राष्ट्रिय सभामा पुगेको हो ।
आजको बैठकमा सरकारको आगामी आर्थिक योजना, राजश्व संकलन र विकास खर्चका विषयमा सांसदहरूले धारणा राख्ने तयारी गरेका छन् ।







