सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

User Image Prime TV News एक दिन अगाडि
Image of सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन यही मूल्यमा किनबेच भएको थियो। अघिल्लो दिन तोलामा ४ सय रुपैयाँले बढेको सुन बुधबार भने स्थिर रहेको हो।

यता चाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार यसको मूल्य प्रतितोला ५ हजार ४ सय ५ रुपैयाँ रहेको थियो। यसअनुसार चाँदीको मूल्य एकै दिनमा प्रतितोला ३५ रुपैयाँले घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार ४ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावले नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा प्रभाव पार्ने गर्दछ।