देशभरका १० वर्षामापन केन्द्रले खतराको तह पार गरे


काठमाडौ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार देशभरका १० वटा वर्षामापन केन्द्रले खतराको तह पार गरेका छन्। विशेष गरी बारा, पर्सा र रौतहटका मापन केन्द्रहरूमा ‘अति भारी वर्षा’ मापन गरिएको छ।
महाशाखाले वाग्मती, मधेस र कोसी प्रदेशका धेरै वर्षामापन केन्द्रहरू पनि खतराको तह नजिक पुगेको जानकारी दिएको छ। ती क्षेत्रहरूमा थप वर्षा भई जोखिम बढ्न सक्ने भएकाले स्थानीय जनतालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी तथा पहिरोको सम्भावना उच्च भएकाले प्रभावित क्षेत्रहरूमा आवश्यक तयारी र बचावका उपाय गर्नुपर्ने अवस्थामा प्रशासनलाई पनि सचेत गराइएको छ।
वर्षा रोकिएपछि मात्रै जोखिम कम हुने जनाइएको छ, तर हालको मौसमले थप सावधानी आवश्यक देखिएको छ।