२१ फागुनको चुनावबारे ओलीको टिप्पणी : 'नाटक जस्तै थियो'

User Image Prime TV News एक दिन अगाडि
Image of २१ फागुनको चुनावबारे ओलीको टिप्पणी : 'नाटक जस्तै थियो'

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनलाई 'नाटक जस्तै' भएको टिप्पणी गरेका छन्।

बुधबार पहिलोपटक सार्वजनिक कार्यक्रममा बोल्दै उनले उक्त चुनावको परिणाम पहिले नै तय गरिएको जस्तो देखिएको दाबी गरे। तर उनले चुनावको परिणाम भने आफूहरूले स्वीकार गरेको पनि स्पष्ट पारे।

ओलीका अनुसार धेरै चुनाव लडेका अनुभवी उम्मेदवार भए पनि यस पटकको निर्वाचन प्रक्रिया सामान्य जस्तो नभएको उनको धारणा छ। मतदाताले नचिनेका उम्मेदवारले पनि ठूलो मतान्तरले जित्नु प्रश्न उठ्ने विषय भएको उनले बताए।

उनले परिणाम स्वाभाविक लोकतान्त्रिक प्रक्रियाको भन्दा फरक देखिएको संकेत गर्दै यो प्रक्रिया 'पूर्वनिर्धारित जस्तो' देखिएको टिप्पणी गरे। यद्यपि उनले चुनावको नतिजा स्वीकार गर्दै अघि बढ्नुपर्ने अवस्था रहेको पनि बताएका छन्।

साथै उनले अहिलेको अराजकतन्त्र पनि धेरै समय नटिक्ने बताएका छन् । नेपालमा राणा शासन र राजतन्त्रसहित अनेकतन्त्र ढलेको दृष्टान्त पेस गर्दै ओलीले अराजकतन्त्र पनि केही दिनको पाहुना रहेको बताए ।