प्रधानमन्त्रीको अभिव्यक्तिमा राष्ट्रिय सभामा विरोध कायमै

User Image Prime TV News एक दिन अगाडि
Image of प्रधानमन्त्रीको अभिव्यक्तिमा राष्ट्रिय सभामा विरोध कायमै

काठमाडौ । प्रधानन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूले विरोध जनाएका छन्।

बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू उठेर विरोध जनाएका थिए। निरन्तरको विरोधका कारण बैठकको कार्यसूची अघि बढ्न सकेन। यसअघि प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक वार्तामार्फत समाधान गर्नुपर्ने बताएका थिए।

सोही क्रममा उनले नेपालले पनि केही स्थानमा भारततर्फ जग्गा मिचिएको हुन सक्ने टिप्पणी गरेका थिए। उनको उक्त अभिव्यक्तिप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै संसदमा लगातार विरोध गर्दै आएका छन्। यसअघि पनि दुई वटा बैठक अवरुद्ध भएका थिए। आजको बैठकमा पनि विरोध नरोकिने अवस्था देखिएपछि संसदीय कामकारबाही प्रभावित भएको छ।