नेपाली राष्ट्रिय क्रिकेट टोलीले जर्सीसँग २ अभ्यास खेल खेल्ने

User Image Prime TV News एक दिन अगाडि
Image of नेपाली राष्ट्रिय क्रिकेट टोलीले जर्सीसँग २ अभ्यास खेल खेल्ने

काठमाडौ । आईसीसी विश्वकप लिग–२ अघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले जर्सीसँग २ अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार नेपाली टोलीले जर्सीसँग २ अभ्यास खेल खेल्ने जानकारी दिएको हो।

नेपाली टोलीले आगामी असार २९ र ३१ गते अभ्यास खेल खेल्ने जनाएको हो। अभ्यास खेलपछि नेपाली टोलीले नामिबिया र नेदरल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिज अघि नेपाली टोलीले तयारी क्याम्पसहत एनसीसी ग्रानभिले खेल मैदानमा २ अभ्यास खेल खेल्ने क्यानले जनाएको छ।

नेपालले यसअघि लिग–२ अन्तर्गत घरेलु मैदानमा २ त्रिकोणात्मक सिरिज खेलेको थियो। नेपालले २ सिरिजबाट १२ अंक बटुलेको थियो।