कोरम नपुगेपछि लेखा समितिको बैठक स्थगित

User Image Prime TV News ५ घण्टा अगाडि
Image of कोरम नपुगेपछि लेखा समितिको बैठक स्थगित

काठमाडौ । सार्वजनिक लेखा समितिको बैठक आवश्यक संख्या नपुगेपछि स्थगित गरिएको छ। कोरम नपुगेकाले बैठक बस्न नसकेको हो।

समिति सभापति भरतबहादुर खड्काले केही सांसद अनुपस्थित रहेकाले बैठक सञ्चालन गर्न नसकिएको बताए। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू जिल्ला तहका निर्वाचनमा व्यस्त रहेकाले उपस्थित हुन नसकेको उनको भनाइ छ।

बैठकमा बेरुजु घटाउने उपाय र समितिको आन्तरिक कार्यविधिबारे छलफल गर्ने तयारी थियो। तर पर्याप्त सदस्य उपस्थित नभएपछि बैठक स्थगित गर्नुपरेको हो। सभापति खड्काले अर्को सूचना जारी भएपछि बैठकको नयाँ मिति तय गरिने जानकारी दिएका छन्।