राप्रपाका १८३ जना नेताले गरे पार्टी परित्याग

User Image Prime TV News ४ घण्टा अगाडि
Image of राप्रपाका १८३ जना नेताले गरे पार्टी परित्याग

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय पदाधिकारीसहित १८३ जनाले पार्टी परित्याग गरेका छन्।

महामन्त्री डा. धवलशमशेर राणा पक्षका नेताहरूले सामूहिक रूपमा पार्टी छोडेको घोषणा गरेका हुन्। पार्टी छोड्नेहरूमा मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला लगायतका शीर्ष नेताहरू पनि छन्।

पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश र जिल्ला तहका नेता–कार्यकर्तासमेत राजीनामा दिने समूहमा रहेका छन्। असन्तुष्ट पक्षले यो पहिलो चरणको परित्याग भएको जनाएको छ। उनीहरूले पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन्।

उनीहरूको भनाइमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व शैली कमजोर र आत्मकेन्द्रित भएको तथा पार्टीले आफ्नो मूल नीति छोडेको आरोप लगाइएको छ। त्यस्तै, पार्टीले जनताकेन्द्रित राजनीति गर्न नसकेको, आन्तरिक निर्णयमा पारदर्शिता नभएको र नेताहरूलाई निरंकुश शैलीमा कारबाही गरिएको दाबी पनि गरिएको छ।

उनीहरूले पार्टी मूल नेतृत्व सरकारको साझा कार्यक्रममा सहभागी भएको विषयमा समेत असन्तुष्टि जनाएका छन्। पार्टीको स्थापना उद्देश्य विपरीत काम भएको भन्दै अब अलग बाटो रोज्न बाध्य भएको उनीहरूको भनाइ छ।

पार्टी परित्याग गर्नेहरुको सूची: