नेप्से परिसूचक घट्यो, कारोबार ४ अर्ब ६९ करोडमा सीमित

User Image Prime TV News एक महिना अगाडि
Image of नेप्से परिसूचक घट्यो, कारोबार ४ अर्ब ६९ करोडमा सीमित

काठमाडौ । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ। नेप्से १३.४६ अंकले घटेर २ हजार ७६६.७८ विन्दुमा कायम भएको छ।

आज ३५३ कम्पनीका सेयर कारोबार भएका छन्। तीमध्ये ५७ कम्पनीका सेयर मूल्य बढेका छन् भने २०४ कम्पनीका सेयर मूल्य घटेका छन्। दिनभरिमा १ करोड ५ लाखभन्दा बढी कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम ४ अर्ब ६९ करोड २० लाख रुपैयाँ पुगेको छ।

यो अघिल्लो दिनको तुलनामा करिब १८ प्रतिशतले कम हो। समूहगत रूपमा म्युचुअल फण्डबाहेक सबै समूहका सूचक घटेका छन्। सबैभन्दा धेरै गिरावट व्यापार समूहमा देखिएको छ, जुन १.७१ प्रतिशतले घटेको हो।

आजको कारोबारमा केही डिबेञ्चर र हाइड्रोपावर कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् भने केही लघुवित्त र हाइड्रोपावर कम्पनीका सेयरधनीले बढी घाटा व्यहोरेका छन्। समग्रमा बजारमा अधिकांश समूह घटे पनि म्युचुअल फण्ड समूह मात्र सकारात्मक देखिएको छ।