कीर्तिपुर होल्डिङ सेन्टरका एक आश्रितको मृत्यु
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुने ३८ वर्षीय भेषराज दर्जी हुन्। उनको बिहीबार दिउँसो वीर अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार दर्जी लामो समयदेखि बिरामी थिए। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई जेठ १८ गते आईसीयूमा भर्ना गरिएको थियो।
उपचार जारी रहे पनि उनको स्वास्थ्यमा सुधार आउन नसकेपछि बिहीबार मृत्यु भएको हो। दर्जी होल्डिङ सेन्टरमा आश्रितका रूपमा बस्दै आएका थिए। मृत्युको थप कारणबारे अस्पतालले विस्तृत जानकारी दिएको छैन।







