सम्पन्न प्रतिनिधिसभा निर्वाचन विश्वकै लागि अध्ययन योग्यः सुशीला कार्की
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक भएको बताएकी छन्।
निर्वाचन आयोगले आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको बताइन्। उनका अनुसार निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएका छन्। जनताले दिएको मतको सम्मान गर्दै उनीहरूलाई काम गर्न दिनुपर्नेमा उनले जोड दिइन्।
पूर्वप्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र सञ्चारमाध्यम सबैको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन्। कार्यक्रममा पूर्वकानुनमन्त्री अनिलकुमार सिन्हाले कठिन परिस्थितिमा पनि कुनै हिंसात्मक घटना बिना निर्वाचन सम्पन्न हुनु सकारात्मक रहेको बताए।
त्यस्तै, पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन कायम गर्दै राजनीतिक संस्कार सुधार गर्नुपर्ने र मुलुकमा स्थायित्व आवश्यक रहेको बताएका छन्।







