नेतृत्वमा परिपक्वता आवश्यक रहेको अभिनेता राजेश हमालको भनाइ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अभिनेता राजेश हमालले राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा परिपक्वता, अनुभव र सही निर्णय क्षमता हुनुपर्ने बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिबारे टिप्पणी गर्दै उनले यस्तो धारणा राखेका हुन्। हमालले अहिलेको जटिल विश्व परिस्थितिमा कमजोर नेतृत्वले देशलाई ठूलो चुनौतीमा पार्न सक्ने बताएका छन्।
उनले लेखेका छन्, 'आजको डामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।'
उनका अनुसार नेतृत्वले हरेक विषयमा सोचविचार गरेर जिम्मेवार निर्णय लिनुपर्ने हुन्छ। हमालले सीमा अतिक्रमण र राज्यले गर्ने भू–अतिक्रमण फरक विषय भएको पनि स्पष्ट पारेका छन्।







