रौतहटमा चट्याङले दुई किशोरको ज्यान लियो

User Image Prime TV News ११ महिना अगाडि
Image of रौतहटमा चट्याङले दुई किशोरको ज्यान लियो

रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिका२ स्थित हथियाही गाउँमा आज साँझ परेको चट्याङले दुई किशोरको ज्यान लिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतकमध्ये १७ वर्षीय सेराज लहरी र १६ वर्षीय नबिन यादव परेका छन्। दुबै जना स्थानीय बासिन्दा हुन्।

स्थानीय बासिन्दाका अनुसार चट्याङ लाग्ने समयमा दुबै किशोर घर नजिकैको खेततिर गएका थिए। चट्याङ लागेपछि तत्काल उद्धार गरेर अस्पताल लगिएको भए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।