दक्षिण लेबनानमा इजरायली हमला, लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । इजरायलले दक्षिण लेबनानमा गरेको आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ। अमेरिका मध्यस्थतामा युद्धविरामको सहमति भएको केही दिनमै यस्तो हमला भएको हो।
लेबनानी सेनाका अनुसार सैन्य गाडीलाई निशाना बनाएर गरिएको आक्रमणमा ब्रिगेडियर जनरल वसम साब्रा, क्याप्टेन एली खोरी र सैनिक हुसेन गोजाल मारिएका छन्।
इजरायलले भने उक्त क्षेत्र सक्रिय युद्ध क्षेत्र भएकाले त्यहाँ हुने गतिविधिबारे समन्वय आवश्यक पर्ने जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको पनि इजरायली सेनाले बताएको छ।
तर लेबनानी सेनाले यसलाई योजनाबद्ध र क्रूर हमला भन्दै विरोध गरेको छ। लेबनानका राष्ट्रपति जोसेफ आउन ले यो आक्रमण अन्तर्राष्ट्रिय कानुनविरुद्ध भएको बताएका छन्।
प्रधानमन्त्री नवाफ सलामले पनि घटनालाई गम्भीर अपराधको संज्ञा दिएका छन्। यसैबीच लेबनानी सेनाका कमाण्डर रुडोल्फ हेकल पाकिस्तान गएका छन्। उनले पाकिस्तानी सेना प्रमुख असिम मुनिर सँग भेट गर्ने कार्यक्रम रहेको छ।
मध्यपूर्वमा लगातार बढिरहेको तनावका कारण फेरि ठूलो द्वन्द्व चर्किने चिन्ता बढेको छ।







