आँबुखैरेनी–मुग्लिन सडक खण्डमा पहिरो
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । निरन्तर वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक खण्ड शनिबार बिहानदेखि अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार बिहानैदेखि परेको वर्षाले सडकको भाग भासिँदा यातायात सञ्चालन ठप्प भएको हो। जोखिम कायम रहेको कारण सर्वसाधारणलाई सो मार्ग प्रयोग नगर्न आग्रह गरिएको छ ।
यसअघि विसं २०७९ जेठ २७ गते पनि सडक भासिएको थियो। त्यसबेला भित्तातर्फ पर्खाल निर्माण गरी मार्ग सञ्चालनमा ल्याइएको थियो। तर, पुनः सोही ठाउँमा भासिँदा सडक अवरुद्ध भएपछि यात्रु र सवारी साधन बीचमै रोकिएका छन्।
प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ भने सडक मर्मतको तयारी सुरु गरिएको जानकारी दिएको छ।







