लगातार वर्षासँगै सप्तकोसीमा सतर्कता तह पार, बाढी जोखिम उच्च


काठमाडौ । निरन्तर परेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव तीव्र भई सतर्कता तह पार गरेको छ। सुनसरीको चतरास्थित मापन केन्द्रमा नदीको जलस्तर सतर्कता सीमा नाघेपछि बाढी तथा डुबानको जोखिम उच्च बनेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार कोसी नदी जलाधार क्षेत्र र यसका सहायक नदीहरूमा पानीको बहाव बढ्दै गएकाले तटीय क्षेत्रमा बाढी र डुबानको सम्भावना थपिएको छ। बेलुकासम्म पनि वर्षा जारी रहने भएकाले जोखिम थप उच्च हुने अनुमान गरिएको विभागले चेतावनी दिएको छ।
विभागले प्रभावित हुन सक्ने बस्तीका बासिन्दालाई सतर्क रहन, सुरक्षित स्थानतर्फ सर्न तयारी गर्न र सम्बन्धित निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ।