प्रतिनिधिसभा बैठक आज बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची

User Image Prime TV News ४ दिन अगाडि
Image of प्रतिनिधिसभा बैठक आज बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची

काठमाडौ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ। साथै सांसदहरूले बजेटबारे उठाएका प्रश्नको जवाफ डा. स्वर्णिम वाग्ले ले दिने कार्यक्रम पनि तय गरिएको छ।

यद्यपि बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची पटक–पटक राखिए पनि संसदमा जारी अवरोधका कारण विषय प्रवेश हुन सकेको छैन।

प्रधानमनी बालेन्द्र शाह ले संसदमा दिएको 'भारतीय सीमा नेपालले मिचेको' भन्ने अभिव्यक्तिपछि प्रतिपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्।

संसदमा जारी विवाद समाधान नभएकाले आजको बैठक सहज रूपमा सञ्चालन हुन्छ वा फेरि अवरुद्ध हुन्छ भन्ने अन्योल कायमै छ।

लगातार संसद् अवरुद्ध हुँदा बजेटजस्तो महत्वपूर्ण विषयसमेत छलफल हुन नसक्नु राजनीतिक दलहरूको असफलता र संसदीय प्रणालीप्रतिको गम्भीर लापरबाहीका रूपमा आलोचना भइरहेको छ।