एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक मंगलबार बस्ने

User Image Prime TV News ३ दिन अगाडि
Image of एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक मंगलबार बस्ने

काठमाडौ । नेकपा एमालेले पार्टी पुनर्गठनका लागि गठन गरेको कार्यदलको पहिलो बैठक मंगलबार बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

कार्यदलका संयोजक तथा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले बैठक बोलाएका हुन्। एमाले सचिव छविलाल विश्वकर्माका अनुसार पहिलो बैठकमा कार्यदलले आफ्नो काम गर्ने तरिका र आगामी योजना तय गर्ने विषयमा छलफल गर्नेछ। आवश्यक परे कार्यविधि पनि बनाइनेछ।

एमाले सचिवालयको जेठ १० गतेको बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण र पुनर्गठनका लागि १५ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। कार्यदलले स्थानीयदेखि केन्द्रीय तहसम्म पार्टी संगठनलाई कसरी बलियो बनाउने र पछिल्लो निर्वाचनको समीक्षा गर्दै सुधारका सुझाव तयार गर्नेछ।

यस कार्यदलमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल तथा सातै प्रदेशका अध्यक्ष सदस्यका रूपमा रहेका छन्।