संसद्को विवादमा परराष्ट्रमन्त्रीले जवाफ दिने रास्वपाको प्रस्ताव

User Image Prime TV News ३ दिन अगाडि
Image of संसद्को विवादमा परराष्ट्रमन्त्रीले जवाफ दिने रास्वपाको प्रस्ताव

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा उठेको विवादमा सरकारका तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिने प्रस्ताव गरेका छन्।

सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उनले परराष्ट्रमन्त्री शिशिर खनालले सरकारको धारणा राख्ने र आवश्यक परे आफूले पनि बोल्न सक्ने बताएका हुन्। उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भने यस विषयमा संसदमा नबोल्ने स्पष्ट पारे।

नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै संसद् अवरुद्ध गर्दै आएका छन्। विपक्षीको माग प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिएर माफी माग्नुपर्छ भन्ने छ।

उनीहरूले प्रतिनिधिसभा नियमावली पनि सहमति बिना पारित गरिएको भन्दै सभामुखप्रति असन्तुष्टि जनाएका छन्। संसद्को अवरोध हटाउन दलहरूबीच छलफल जारी रहे पनि हालसम्म कुनै सहमति हुन सकेको छैन।